ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

मातृभाषी चलचित्रसम्बन्धी विचार गोष्ठी बुटवलमा सम्पन्न

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

बुटवल, १ असार ।

चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आयोजना तथा आदिवासी जनजाति चलचित्र महासङ्घ, लुम्बिनी प्रदेश समिति र मगर चलचित्रकर्मी सङ्घ, जिल्ला समिति रुपन्देहीको सह–आयोजनामा बुटवलस्थित होटल डार्सीसमा एक दिने विचार गोष्ठी तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा मगर चलचित्रकर्मी सङ्घ, केन्द्रीय समिति अध्यक्ष भिम मास्की रानामगरले मातृभाषामा चलचित्र निर्माण गरिरहेका र गर्न चाहनेहरूलाई आजको गोष्ठीले थप हौसला प्रदान गर्ने आशा व्यक्त गरे ।

त्यस्तै शिक्षासेवी एवम् भाषिक अभियन्ता भिम गुरुङले भाषा र संस्कृतिले नै हाम्रो पहिचान बचाउने भन्दै यसबारेमा सबै सचेततापूर्वक लाग्नुपर्ने औंल्याए ।

मन्तव्यका क्रममा नेपाल मगर सङ्घ, केन्द्रीय समितिका सहअध्यक्ष दलबहादुर बीरकट्टा मगरले भाषा प्रत्यक्ष अर्थसित पनि जोडिने भएको हुँदा आर्थिक सवलीकरणका लागि भाषा र लिपिलाई चलचित्र र लेखन पठनमा प्राथमिकता दिइनुपर्ने बताए ।

कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घ, केन्द्रीय समितिका अध्यक्ष पुर्खजित राईले मातृभाषी चलचित्रमा काम गरिरहेका सङ्घ संस्थाहरूसित महासङ्घले सहकार्य गरिरहेको स्पष्ट पारे । अध्यक्ष राईले हामी आदिवासी यहाँको मूलवासी भएका कारण हाम्रो भाषा नेपालको मूल भाषा भएको र मूल भाषामा बनेका चलचित्रहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा पु¥याउने महासङ्घको उद्देश्य भएको पनि बताए ।

कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्देशन, निर्माण र प्रवद्र्धनमा योगदान पु¥याएका विभिन्न चलचित्रकर्मीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा मेजन पुनमगर, धनबहादुर गुरुङ र छविलाल ‘कोपिला’ चौधरी रहेका छन् ।

कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राई, मगर चलचित्रकर्मी संघ केन्द्रीय अध्यक्ष भिम मास्की रानामगर, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका सदस्य एवम् चलचित्रकर्मी विश्वास आलेमगर, आदिवासी जनजाति चलचित्र महासंघ, लुम्बिनी प्रदेश समिति अध्यक्ष श्याम थापामगर, मगर चलचित्रकर्मी संघ, रुपन्देही जिल्ला अध्यक्ष टीका आलेमगर, प्राज्ञ एवम् मूर्तिकार यमबहादुर थापामगर, चलचित्र निर्माता तुल जी सारुमगर, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारुमगर, संघका केन्द्रीय समिति अनुशासन विभाग सदस्य उमेश थापा लाटोमगर, संघकै लुम्बिनी प्रदेश समिति कोषाध्यक्ष तारा पुनमगर, नेपाल मगर महिला संघ, लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, मगर महिला संघ, रुपन्देही जिल्ला समिति अध्यक्ष निर्मला थापामगर, थारु कल्याणकारिणी सभा, रुपन्देही जिल्ला अध्यक्ष कमल चौधरी, मगर चलचित्रकर्मी संघका पूर्व सचिव एवम् अभियन्ता शंकर गाहामगर, अभिनेत्री विना थापामगर, मरीना बलालमगर, अभियन्ता एवम् समाजसेवी अशोक पुनमगर, यम रानामगर, लोकनेश ढेँगामगर, थर्क बाह्रघरेमगर, ज्ञानसिंह रानामगर, मनोज थापा श्रीसमगर, सूर्यबहादुर श्रीसमगर, नन्दा बुढामगर, राधिका श्रीसमगर, फिल्मकर्मीहरू केशरजङ्ग थापामगर, वसन्त सिंजालीमगर, लेखक साहित्यकारहरू दुर्गा थापामगर, जेबी दर्लामी, जयन्ती मगर सरगम, पारस राहादीमगर लगायतले अन्तक्र्रियामा भाग लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?