© २०२३
बुटवल,३२ जेठ । ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाउंदा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बुको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए । पहिराले दुई वटा घर बगाएको छ । पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।