© २०२३
नवलपुर, ३२ जेठ ।
पुर्वी नवलपरासीको कावासोती नगरपालिका फलफूलचोक स्थित निर्माणाधीन नालामा माटोको ढिस्कोले पुरिंदा ३ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही स्थानकी तान माया गाहा र चमेली दर्लामी मगर रहेको प्रहरीले जनाएको छ ।
नगरपालिकाद्वारा ढल निकासीको हेम पाईप राख्नको लागि बनाउँदै गरेको निर्माणाधीन नालामा खनेर जम्मा पारेको माटोको ढिस्को खस्न गई काम गरिरहेका मजदुर पुरिएको प्रहरीले जनाएको छ । पुरिएका ३ जना लाइ उद्दार गरी उपचारका लागि अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।