© २०२३
काठमाडौं,३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बिकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या र अनर्गन प्रचार गरिएको बताएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र बितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए ।
गिरीबन्धुलाई बेतिथी हुनबाट रोक्नका लागि एमाले सरकारले कानून बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए ।
अध्यक्ष ओलीले कांग्रेस बर्षौंसम्म सरकारको नेतृत्व गरेर बसेपनि सिन्को भांच्न नसकेको उल्लेख गरे । उनले धाँधली गरेर कांग्रेसले चूनाव जितेको भन्दै स्वस्थ प्रतिष्पर्धामा आउन चूनौति दिए ।
ओलीले देशलाई बिकास गर्नका लागि एमालेलाई स्पष्ट बहुमत चाहिएको भन्दै मिशन ८४ मा केन्द्रीत हुन निर्देशन दिए । ओलीले पार्टीभित्रको एकताकै कारण एमाले सिद्धाउछौ भन्नेहरु असफल भएको जिकिर गरे । उनले पार्टीभित्र अन्तरसंघर्ष नभई अन्तर सम्वादका माध्यमबाट अघि बढ्नुपर्ने धारणा राखे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी