© २०२३
काठमाडौं, ३१ जेठ । नेकपा एमालेका सांसद योगेश भट्टराईले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरी प्राकृतिक प्रकोप हुने गरेको भन्दै प्रयाप्त तयारी गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्राकृतिक प्रकोपका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रयाप्त जनशक्तिका साथै अन्य तयारी गर्नुपर्ने बताए । प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्न सरकारको पूर्वतयारी सन्तोषजनक नरहेको उनले बताए । उनले विपद् प्राधिकरणलाई दिइएको बार्षिक १८ करोडको बजेट अप्रयाप्त भएको, दक्ष जनशक्तिको अभाव रहेको, अत्याधुनिक उपकरण नरहेको धारणा राखे । बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक बिपतीका कारण हरेक बर्ष ५ सय भन्दा बढिको अकालमा मृत्यु हुने गरेको भन्दै उनले सरकारले गम्भीर भएर बिपत पूर्व तयारीको काम गर्नुपर्ने बताए ।
उनले कोशी प्रदेशबाट मनुसन भित्रने बितिकै सो प्रदेशका केही जिल्लाहरुमा बिपद्का घटनाहरु भएको जानकारी दिए ।