© २०२३
दाङ, ३१ जेठ ।
घरछेउँमा स्वास्थ्य शिविर पाउँदा नागरिक खुशी भएका छन् । घोराही उपमहानगरपालिका –११ शिवपुरमा प्रजनन रुग्णता कार्यक्रम अन्तरर्गत भिआइए स्क्रिनिङ शिविर बुधबार हापुरको शिवपुरमा संचालन भएको थियो । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रबद्र्धन शाखा र वडा नम्बर ११ को आयोजनामा भएको शिबिरमा ६१ जना महिलाको प्रजनन स्वास्थ्यको परिक्षण गरिएको थियोे । जसमा पाठेघर खसेका १४ जना, क्यान्सरको शंका लागेका २ जना, पाठेघरमा मासु पलाएका ४ जना बिरामी भेटिएका थिए । अन्य बिरामीहरुमा महिनावारी गडबडी भएका, सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, पाठेघरमा घाउखटिरा भएका बिरामीले सेवा लिएको भिआइए फोकल पर्सन बिमला पौडेलले जानकारी दिइन् ।
वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछानेले पाठेघरको परिक्षण गर्न लाज मान्न नहुने बताए । प्रजनन स्वास्थ्य महिलाको अधिकार भित्रको कुरा भएकाले समयमै सचेत हुन आग्रह गरे । क्यान्सर जस्ता प्राणघातक रोग लागेमा घरबास बेचेर औषधि उपचार गर्दापनि रोग निको नहुने भएकाले समयमै परिक्षण गर्न आग्रह गरे । घरघर सेवा दिने उद्धेश्यले स्वास्थ्यकर्मी सहितको टालीले स्वास्थ्य सेवा लिन लागेको बताए । घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले महिलाहरु आफ्नो स्वास्थ्यको बारेमा सचेत हुनुपर्ने बताइन् । स्वास्थ्य सेवाबाट बन्चित हुनुनपरोस भनेर घर आँगनमा सेवा दिनका लागि शिबिरको आयोजना गरिएको बताइन । भीआइए परिक्षणबाट पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउने पहिलो चरणको परिक्षण भएकाले सबैले परिक्षण गर्न आग्रह गरिन् । क्यान्सरका बिरामीलाई स्थानीय तहले केही रकम सहयोग गर्ने भएकाले दैनिक ५।६ जना क्यान्सरका बिरामीको सिफारिस गर्नुपर्दा साह्रै मन दुख्ने गरेका कारण २०८० मंसिर महिना देखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक बिहीबार पाठेघरको भिआइए परिक्षण सुरु गरेको बताइन् । महिलाहरुले लाज र डर नमानी सेवा लिन आग्रह गरिन । घोराही उपमहानगरपालिका जन स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले स्वास्थ्यमा पहुँच नभएका महिलाहरूलाई सेवा दिनका लागि शिविर सुरु गरेको बताइन् । निरोगी हुनु पहिलो अधिकार भएकाले सबैले स्वास्थ्य सेवा लिन आग्रह गरिन् । शिवपुर स्वास्थ्य केन्द्रका प्रमुख ललित बुढाथोकी लगाएतले भनाइ राखेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी