© २०२३
बुटवल,२९ जेठ । बुटवलमाथिको नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधबार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो । सडकदेखि करिब सय मिटर तल खसेर भएको दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल –१० बस्दै आएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ( छविलाल शर्मा) , तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी २ जना घाइते भएका ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । दुर्घटनमा घाइते भएहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलमा प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी