© २०२३
दाङ,३० जेठ ।
दाङमा अत्याधिक गर्मी भएका कारण विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुन थालेपछि दुइदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
केही दिनदेखी अत्याधिक तापक्रम बढेको र जसका कारण बालबालिकाहरुको स्वास्थमा प्रतिकुल असर देखा पर्न थालेपछि जेठ ३१ र ३२ गते दुईदिन पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए। यसैगरी तुलसीपुर महानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
लमही नगरपालिका, गढवा , राजपुर र शान्तिनगर गाउँ पालिकाले पनि दुइदिन बिदा दिएका छन् ।