© २०२३
काठमाडौं,२९ जेठ । नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालले अराजक गतिविधि गर्नेलाई संगठनभित्र रहने छुट नभएको जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा संघ नेपालले संगठन विधि विधान अनुसार सञ्चालन हुने भन्दै समानान्तर भेला लगाएतका अराजक गतिविधि गर्ने छुट कसैलाई नरहेको जनाएको हो ।
युवा संघ नेपालका संयोजक कृष्णकुमार विश्वकर्माले विधि विधान र पद्धतिभन्दा बाहिर गएर अराजक गतिविधि गरेकाले नै सहसंयोजक नितेश पौडेल, सदस्यद्वय रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्काशन गरिएको बताए । यसअघि सहसंयोजक पौडेल पक्षले समानान्तर कमिटी घोषणा गरेको थियो । पौडेल नाताले माधव नेपालका भान्जा हुन् । उनलाई कारवाही गर्ने नेतृत्व झलनाथ खनाल पक्षधर हुन् ।
संयोजक विश्वकर्माले संगठन भित्रको असन्तुष्टीलाई सम्बोधन गर्न आफुले पटक पटक छलफल बोलाएपनि नआएको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी