© २०२३
बुटवल,२९ जेठ । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । वर्षायाममा दाउन्नेमा लामो समय सडक अवरुद्ध हुन नदिन पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिबेणी गाउँपालिकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने बिषयमा विभिन्न छलफल भएको हो ।
पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शसाङ्क मिश्रले बताए । दश किलोमिटर क्षेत्रमा अलि समस्या हुने भएकाले वर्षातमा पहिरो जाने,सवारीसाधन फस्ने हुँदा तुरुन्तै यात्रा सहज गर्न ५ स्थानमा जनशक्तिसहित यान्त्रिक उपकरणको ब्य्वस्था मिलाएको मिश्रले बताए ।
आयोजनाबाट उपलब्ध यान्त्रिक उपकरण र अपरेटरको विवरण दुबै जिल्लाका प्रहरी कार्यालयलाई आयोजनाले उपलब्ध गराउनुपर्ने र २४ घण्टा नै तयारी अवस्थामा रहनु पर्ने बैठकमा निर्णय भएको छ ।
सडक खण्डअन्तर्गत पर्ने दाउन्ने सडक खण्डमा वर्षा हुंदा हिलाम्मे भएर बाटो जाम हुने समस्या आउने स्थानीयहरुको गुनासो छ ।
Photo : File
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी