Butwal Today

बास्केटबल खेलाडी छनौट तथा बिदाई

२७ जेष्ठ २०८१, आइतबार
अ+
अ-

बुटवल, २७ जेठ । पोखरामा हुने यु—१५ जुनियर राष्ट्रिय प्रतियोगिता २०८१ मा भाग लिने रुपन्देहीका बास्केटबल खेलाडी छनौट भएका छन । लुम्बिनी प्रदेश बास्केटबल संघ र रुपन्देही जिल्ला बास्केटबलको आयोजनामा न्यु होराइजन बोर्डिङ स्कुलमा भएको छनौटमा छात्रहरु डार्बिन शाह, प्रण्य थापा, अनुभव एसी, कात्यन देवकोटा, आशिक विश्वकर्मा, पेसल बुढाथोकी, सहज बुढाथोकी, प्रतिक केसी, सदगुण थापा, निश्चल बुढा तथा छात्राहरु एन्जल गाहा, युनिन राई, सिरिशा थापा, प्रकृति थापा, श्रीका जोशी, बिपशा भण्डारी, गंगा सिजाली, सुहाना पौडयाल, रितिसा आचार्य खत्री, सबल श्रेष्ठ छनौट भएको छनौट समिति संयोजक तथा बास्केटबल संघ लुम्बिनीका अध्यक्ष मनिष ह्योजुले बताए ।

छनौटमा कोच झक बहादुर थापा, खुशी खाड ठकुरी तथा छनौट समितिमा मनिष ह्योजु, ईश्वरी प्रसाद मरासिनी, बिपिन केसी रहेका थिए । यसैबिच खेलाडीहरुलाई बिदाई समेत गरिएको छ । जेठ ३० गतेबाट प्रतियोगिता हुदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?