© २०२३
काठमाडौं,२७ जेठ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दावी गरेका छन् ।
काठमाडौंमा आइतबार नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा बोल्दै उनले एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नभएको दाबी गरे।
भुसालले एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने आरोप लगाए । एमाले समाजवादी क्रान्ति बन्नका लागि बनेको पार्टी होइन त्यो एक हिसावले व्यक्ति पूजागर्ने पार्टी हो भन्दै भुसालले माओवादी केन्द्र पनि समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने बताए ।
‘माओवादीले समाजवादी क्रान्तिको कुरा बुझ्न अझै धेरै समय लाग्ने जिकिर गर्दै सानो पार्टी भएपनि नेकपा एकीकृत समाजवादीका काँधमा समाजवादी क्रान्तिको ठूलो र गम्भीर जिम्मेवारी रहेको बताए ।