ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

वडा नम्बर ५ लाई गाउँपालिका अध्यक्ष कप

२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

कपिलवस्तु, (बुटवल टुडे) २४ जेठ
कपिलवस्तुको यशोधरा गाउँपालिकामा सम्पन्न दोस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ । १६ ओभरको निर्धारित खेलमा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई दुई बिकेटले पराजित गर्दै कप जितेको हो । खेलको पहिलो ईनिगंमा वडा नम्बर ४ ले १३ ओभरमा अलआउट हुदै १ सय ११ रन बनाएको थियो ।

वडा नम्बर ४ का क्याप्टेन अफताब आलमले सर्वाधिक ३५ रन बनाएका थिए भने वडा नम्बर ५ का क्याप्टेन समसाद मुसलमानले ४ बिकेट लिएका थिए । खेलको दोस्रो ईनिगंमा वडा नम्बर ५ ले १३ ओभरमा ८ बिकेटको क्षतिमा १ सय १४ रन बनाएको थियो । वडा नम्बर ५ का अतिकुर रहमानले २५ रन बनाए भने वडा नम्बर ४ का खेलाडी साहरूख खाँले ४ बिकेट लिएका थिए ।

प्रतियोगिताको म्यान अफ म्याच २४ रन बनाएर ३ बिकेट लिएका वडा नम्बर ५ का अब्दुल रहमानले जितेका थिए । बिजेता वडा नम्बर ५ लाई पुर्वमन्त्री बृजेश कुमार गुप्ता, पुर्व लुम्बिनी प्रदेशमन्त्री धर्म बहादुरलाल श्रीवास्तव, गाउँपालिका अध्यक्ष शिवदयाल तिवारी, वडा नम्बर ५ का अध्यक्ष जुबेर मुसलमान, समाजसेवी रामदास कुर्मी लगायतले कप, प्रमाणपत्र मेडल र नगद ५० हजार रूपैयाको पुरस्कार हस्तान्तरण गरे ।
त्यसै गरि प्रतियोगितामा उपबिजेता बनेको वडा नम्बर ४ लाई नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र दिईएको थियो । प्रतियोगितामा वडा नम्बर ५ का जासिम खान म्यान अफ द सिरिज, वडा नम्बर ५ कै जाहिद खाँ वेष्ट ब्याटर र मोतिम अहमद वेष्ट बलर बनेका थिए । गाउँपालिकाको वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माबिको खेल मैदानमा २० गते देखी २३ गते सम्म आयोजित खेल बर्षाका कारण बिहीबार सम्म लम्बिएको थियो । प्रतियोगितामा गाउँपालिकाका सबै ८ वडाका ८ वटा टोली सहभागी थिए ।

सो अवसरमा बोल्दै वडा नम्बर ५ का अध्यक्ष जुबेर अहमदले खेलले पालिकाका खेलाडीको दक्षता बृद्धि हुने बताए । पुर्व लुम्बिनी प्रदेशमन्त्री धर्मबाहादुरलाल श्रीवास्तवले पालिकाबाट उत्पादित खेलाडी जिल्ला हुदै अन्तरराष्ट्रियस्तर सम्म पुग्न आवश्यक रहेकोमा जोड दिए । खेलाडीले खेल भावना र अनुशासनको पालना गर्दै खेल प्रतिको दक्षता बृद्धि गर्नु पर्ने उनको सुझाव थियो ।

नेपालमा क्रिकेट खेलको भविष्य रहेकाले खेलाडीले अनुशासनको पालना गर्दै दक्षता बृद्धि गर्नु पर्नेमा पुर्वमन्त्री बृजेश कुमार गुप्ताले जोड् दिए । गाउँपालिकाले क्रिकेट सहितका खेललाई प्राथमिकता दिई खेलाडीलाई दक्ष बनाउन प्रयत्नशिल रहेको गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले बताए । उनले आगामी बर्षमा पनि अध्यक्ष कपलाई निरन्तरता दिईने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?