© २०२३
कञ्चन, २४ जेठ ।
रुपन्देहीको कन्चन गाउँपालिका सिकाई प्रवद्र्धन परियोजनाको आयोजनामा वडा नं. १ र २ को दुई समूहका लागि टमाटर, काउली र बन्दा खेती प्रविधि तालिम सम्पन्न भएको छ । बिजयनगर सुन्दरनगरका दलित समुदायलाई तालिम दिइएको थियोे ।
कार्यक्रममा कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकालले रिड नेपाल परियोजनाले पालिकामा शैक्षिक संगै कृषि क्षेत्रमा सकारात्मक सहयोग गरेकोमा धन्यवाद दिदै तालिम लिएकालाई कुनै सामग्रीको अभाव भएमा वडा हुँदै पालिकामा माग गरेमा सम्बोधन गर्ने बताए ।
वडाअध्यक्ष हरिनारायण थारुले कृषि नै नेपालको प्रमुख आधार रहेकोले वडा र पालिकाले सधै कृषिलाई प्राथमिकता राखेर काम गर्ने बताउदै कुनै समस्या भएमा वडामा आउन आग्रह गरे ।
कार्यक्रममा कन्चन शिक्षा सामाजिक बिकास शाखा रमेश भुसाल तालिम ल्याउनु भन्दानी सिकेको कुरा गर्न सक्नुनै तालिम लिएको उद्देश्य पूरा हुने बताए ।
कार्यक्रममा वरिष्ठ कृषि प्रशिक्षक अशोक पन्त, विजयनगर महिला कृषक समूहबाट दिलमाया वि.क., सुपादेउराली महिला कृषकबाट मनिषा बिक लगायतले आआफ्नो भनाई राखेका थिए ।
छोरीहरुको गुणस्तरीय शिक्षाका लागि आमाहरुलाई आत्मनिर्भर बनाउने उदाहरणीय कार्य रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । गैरसरकारी संस्थाहरुसँग समन्वय गरी सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाहरुका आमाहरुलाई आत्मनिर्भर बनाउने प्रयास पालिका मार्फत भएको छ । पालिकामा रहेका १९ ओटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विपन्न परिवारका बालिकाहरुको आमाहरुलाई १५ ओटा समूहहरुमा आवद्ध गराइ आयआर्जन संग जोडेको छ । उक्त समुहहरुमा करिव ३०० आमाहरु आवद्ध रहेका छन् ।
समूहमा आवद्ध महिलाहरुलाई उद्धमशीलता क्षमता विकास तालिम र सीपमुलक तालिमहरु प्रदान गरिरहेको छ । पालिकाको यो प्रयास साँच्चै नै अनुकरणीय रहेको स्थानीयबासीहरुले बताउने गरेका छन् । तालिमको समापनमा बोल्दै कञ्चन गाउँपालिका अध्यक्ष ढकालले यहाँका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न, महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्न र विद्यालय बाहिर रहेका बालिकाहरुको पढाइलाई सुनिश्चित गर्न पालिकाले रीड नेपाल, एड्वान नेपाल र ग्रिनतारा नेपालसंग समन्वय गरी सिकाइ प्रवर्द्धन परियोजना ४ वर्षको लागि सञ्चालन गरिरहेको जानकारी गराए ।
तालिममा वडा नंं. १ का वडा अध्यक्ष हरिनारायण चौधरीले आमाहरुलाई आम्दानीसंग जोड्दै सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्दा छोरी शिक्षा प्रवर्द्धनमा सहयोग पुग्ने, बालविवाह न्यूनिकरण हुने र सामाजिक विकृती र कुप्रथाहरु न्यूनिकरण हुने विचार व्यक्त गर्नभयो । ३० जना महिलाहरुलाई प्रदान र सामाजिक विकृती र कुप्रथाहरु न्यूनिकरण हुने बताए ।
३० जना महिलाहरुलाई प्रदान गरिएको सो तालिमको समापनमा पालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसाल र प्रगती नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश पौडेलको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन कार्यक्रममा सिकाइ प्रवर्द्धन परियोजनाका प्रवन्धक कपिल प्रसाद पुरी, जिविकोपार्जन सहजकर्ता हिरालाल चौधरीलगायतले बोलेका थिए । उक्त तालिमको सहजीकरण वरिष्ठ कृषि प्रशिक्षक अशोक पन्तले गरेका थिए । परियोजनाले यस पालिकामा महिलाहरुलाई च्याउ खेती, सालका पातका दुना टपरी बनाउने, खुर्सानी र लहरेवाली सम्वन्धी खेती, सयपत्री फूल खेती, काउली र बन्दा खेती, टनेलमा टमाटर खेती जस्ता नगदेवालीहरुमा व्यवस्थित तरिकाले आवद्ध गराइ आयआर्जनमा सरिक गराउँदै आइरहेको छ ।
यसको साथसाथै परियोजनाले विद्यालयका शिक्षकहरुलाई तालिमहरु प्रदान गर्ने, बालक्लव परिचालन गर्ने, विद्यालय बाहिर रहेका बालिकाहरुलाई समुदायमा गरिमा सिकाइ केन्द्रहरु सञ्चालनमा ल्याई सहयोग पुर्याउने र आमाहरुलाई आर्थिक गतिविधिहरुमा आवद्ध गराउने त्रिकोणात्मक कार्यहरु मार्फत बालिका शिक्षा प्रवर्द्धनमा जोड दिइरहेको छ । उक्त परियोजना करुणा डचल्याण्ड, करुणा दृष्ट र वि.एम. जेट जर्मनको आर्थिक सहयोगमा सञ्चालनमा रहेको छ ।