© २०२३
भैरहवा ।
नेकपा एमाले रुपन्देहीको १० अाै जिल्ला अधिवेसनकाे बन्दसत्र शुरु भएकाे छ । बिहिवार बिहानैदेखि शुरु भएकाे बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार भन्दा बढि बन्दसत्रकाे हलमा उपस्थित रहेकाे पाटिका प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।
पापार्टीका जिल्ला उपसचिव समेत रहेका प्रचार विभाग प्रमुख पन्थीका अनुसार यतिबेला बन्दसत्रकाे हलमा पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र के सीले राजनैतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष के.सीले पेश गरेकाे राजनैतिक प्रतिवेदनमा रुपन्देही जिल्लामा एमालेकाे जनधार सबैभन्दा बलियाे भएकाे तथ्य पेश गरेका छन् । जिल्लामा क्रियाशिल पार्टीहरूका विश्लेषण गर्दै के सि काे प्रतिवेदनमा रास्ट्रिय हित र स्वाभिमानकाे पक्षमा दृढतापुर्वक उभिन समेत अाहवन गरिएकाे छ । यसैगरि प्रतिवेदनमा भ्रस्टाचारकाे बिरुद्धमा निमर्मतापुर्वक लाग्न सबैलाई अाग्रह समेत गरेकाे छ ।
प्रतिवेदन प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई प्रमुख प्रतिस्पर्धी मानिएकाे छ ।
बन्दसत्रकाे अध्यक्ष मन्डलकाे संयाेजक पाेलिटब्युराे सदस्य तथा जिल्ला ईन्चार्ज दल बहादुर राना र सदस्यहरु पाेलिटक्युराे सदस्य दधिराम न्याैपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, केन्द्रीय सदस्य गाेमा अाचर्य, केन्द्रीय सदस्य कमल गाैतम र प्रदेश कमिटि उपाध्यक्ष भाेजप्रसाद श्रेस्ठ रहेका छन् ।
,,,र