Butwal Today

मधेशमा जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, नयाँ सरकार गठनका लागि आह्वान

२४ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

काठमाण्डौ –

मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत प¥यो ।

मुख्यमन्त्री यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका एक जनाको मत परेको छ ।

यसैबीच मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति निकालेर प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि शुक्रवार बिहान १० बजेसम्मको समय दिएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?