© २०२३
बुटवल,२३ जेठ । नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आठौ बार्षिक साधारण सभा तथा अधिवेशनबाट २०८१ को नयाँ नेतृत्वमा लागि रिसव वझा चयन भएका छन् । कोटिहवामा भएको साधारण सभाबाट आगामी बर्षको लागि रिसव वझा को नेतृत्वमा ११ जना कार्यसमिति चयन भएका छन ।
प्रथम उपाध्यक्ष आदर्श श्रेष्ठ , द्वितीय उपाध्यक्ष अनिश कसौधन र सदस्यहरु प्रतिक कसजु,सुमन बश्याल,सुमित वझा,सुमित श्रेष्ठ,प्रविना घिमिरे,मन्जिल बिश्वकर्मा,बिराट जोशी ,अमन श्रेष्ठ र मन्दिप अमात्य निर्वाचित भएका छन् ।
कार्यक्रममा अध्यक्ष सन्देश श्रेष्ठले बर्षभरिको कार्यप्रगतिको बिवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामि दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गरे ।
सो कार्यक्रमा नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै अवको उद्यमशिलता युवाको काँधमा रहेको भन्दै सोही अनुसारको जिम्मेबारी पुरा गर्ने क्षमता युवामा हुुनुपर्ने बताएका थिए । युवा उद्यमशिलता अहिलेको आवश्यकता रहेको भन्दै केन्द्रीय अध्यक्ष ढकालले सोही अनुसारको योजना निर्माण गरी लाग्नको लागि आग्रह समेत गरेका थिए ।
कार्यक्रममा नेपाली युवा उद्ममी मंचका केन्द्रीय अध्यक्ष साहारा जोशी,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजु , बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका उपाध्यक्ष जिवकान्त काफ्ले , युवा उद्ममी मंच रुपन्देहीका पूर्व अध्यक्षहरु आनन्द वझा, पुर्व अध्यक्ष सुमोदमान सैजु, सन्दीप कसौधन,उमेश अमात्य, प्रदिप शाक्य , निरज लाकौल,अखिलेश कसौधन, आदर्श श्रेष्ठ लगायतले आ आफ्नो भनाई राखेका थिए ।