© २०२३
नवलपुर,२२ जेठ ।
पुर्वि नवलपरासीको जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा भएको कार्यक्रममा सहभागी मजदुरको कार्यक्रम हलमै एक्कासी बेहोस भएर निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती ३ को खानेपानी सभाहलमा भएको जातीय विभेद तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको असवरमा आयोजित कार्यक्रममा सहभागी मजदुरको निधन भएको हो ।
सडकमा काम गर्ने मजदुर कावासोती १७ बग्नौली निवासी ५६ बर्षीय लालबहादुर कार्कीको निधन भएको प्रहरीले जनाएको छ । कार्यक्रम सकिने बेला अचानक बेहोस भएपछि उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको र अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए ।
उनको शव पोष्टमार्टमका लागि राखिएको छ । उनको अचानक हृदयघातले निधन भएको हुन सक्ने आशंका गरिएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।