Butwal Today

प्यारामाउन्टद्वारा एसईई ओपन टि १० क्रिकेट टुर्नामेन्ट सञ्चालन

२२ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

तिलोत्तमा,२२ जेठ ।    तिलोत्तमाको प्यारामाउन्ट माविले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी एसईई ओपन टि १० क्रिकेट टुर्नामेन्ट सञ्चालन गरेको छ ।

६ दिनसम्म चल्ने टुर्नामेन्टमा २६ टिमको सहभागिता रहेको छ । टुर्नामेन्टको उद्घाटन विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले ब्याटिङ गरेर गरेका थिए ।

सो अवसरमा बोल्दै प्राचार्य भुसालले अहिलेको लोकप्रिय खेल क्रिकेटमा रुचि भएका विद्यार्थीको खेल प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले बसन्त शाही ठकुरी र घनश्याम थारुमार्फत विद्यार्थीलाई प्रशिक्षणको व्यवस्था गरिएको बताए ।

उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति समेत दिंदै आएको भुसालले बताए । तिलोत्तमा ८ ज्योतिनगरमा भएको उद्घाटन खेलमा लगइन एजुकेसनको टिमले गुरुकुल एलाई २६ रनले पराजित गरेको विद्यालयले जनाएको छ । पहिलो दिन ५ खेल भएका र दोस्रो दिन पनि ५ खेल हुने विद्यालयले जनाएको छ ।