© २०२३
काठमाडौं,२१ जेठ । फिल्म प्रसाद २ विवादको मुद्दामा निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको प्रहरीले जनाएको छ ।
उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको जनाइएको छ ।
आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।
आजदैखि सुरु हुन लागेको उनी निर्देशित रावायणको दोस्रो चरणको छायांकनअघि प्रहरीले उनलाई पक्राउ गरेको हो । निर्देशक थापा पक्राउपछि फिल्मको छायांकन रोकिएको छ ।