© २०२३
बुटवल,२१ जेठ । गुल्मीको पुर्तिघाटमा सोमबार विहान भएको जिप दुर्घटनामा परी मृत्यु हुने र घाइतेहरुको पहिचान खुलेको छ । दुर्घटनामा परी सत्यवती गाउँपालीका ८ भार्से बस्ने ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको छ ।
प्रहरी चौकी पुर्तिघाटका अनुसार कालिगण्डकी गाउपालीका ४ ओक्याङ स्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप आफै अनियन्त्रीत भई सडकदेखि अन्दाजी ४ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा सत्यवति ८ भार्सेकी ३७ वर्षीया रिता छन्तेल, उनकी छोरी ४ वर्षीया ईरिसा, ७५ वर्षीय टेक बहादुर कला र २३ वर्षीय मेख बराल गम्भीर घाइते भएका छन् । यसैगरी घाइतेहरु २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपति बराल र चालक २९ वर्षीय केशव रानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी