© २०२३
सल्यान, १९ जेठ ।
नेकपा एमाले छत्रेश्वरी गाउँपालिका कमिटी सल्यानको अध्यक्षमा फेरि पनि ज्ञान बहादुर खड्का निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न पालिका कमिटीको दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कमिटी गठन भएको हो । अधिवेशनबाट उपाध्यक्ष पदमा पनि फेरि डुम बहादुर खत्री चयन भएका छन् ।
यस्तै सचिव इश्वरी बस्नेत, उपसचिव द्वय शेर बहादुर राना र बसन्ता जिसी चयन भएका छन् । यस्तै पालिका कमिटी सदस्यहरुमा नेत्र बहादुर चन्द, कृष्ण चन्द, चित्रा शर्मा, बिरसिंह बुढा, चुडामणी डाँगी, अमृता बुढा, हिरामण डाँगी, धनबीर बुढाथोकी, जैकली बिक, चेत बहादुर वली, पोखराज खड्का, लिला रावत, चन्द्र बहादुर खत्री, ज्योती प्रसाद रावत, निर्मला रावत, राम बहादुर बुढाथोकी, हेर्म बहादुर बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।
अन्य सदस्यहरुमा मनका बस्नेत, दुर्गा बहादुर बुढाथोकी, तेज बहादुर बोहरा र अमृता केसी, शेर बहादुर बिक, जित बहादुर बिक, बिर बहादुर बिक, भुमा बिक, राज कुमारी बिक, निम बहादुर बुढा, ज्ञान बहादुर पुन, उमलाल घर्ती, लेख बहादुर चन्द, झक्कु प्रसाद शर्मा, नागेश्वर खत्री, शालिक राम पुन, हुम बहादुर बस्नेत, सुरेन्द्र चन्द, चुर्ण बहादुर बिक, माधव खड्का, पदमलाल कामी, गणेश शाही, पुर्ण राज बिक, लिलु बुढा, रुपा बुढाथोकी, निर्मला चन्द, दिपा महर, सागर नेपाली रहेका छन् ।
यस्तै लेखा समिति अध्यक्ष टिकाराम खत्री, उपाध्यक्ष गोपाल प्रसाद शर्मा, सचिव लोकेन्द्र के.सी. र सदस्यहरु हेमराज बस्नेत, मिना मल्ल चयन भएका छन् ।
भोटेचौरमा आयोजित अधिवेशनलाई एमालेका पोलिटव्युरो सदस्य तथा एमाले सल्यानका इन्चार्ज भैरवसुन्दर श्रेष्ठले उद्घाटन गरेका थिए । अधिवेशनमा प्रदेश कमिटी सदस्य कुन्ती बस्नेत, बुद्धि केसी, एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष ओज बहादुर बुढाथोकी, उपसचिव गणेशमान सिंह, जिल्ला कमिटी सदस्य फौद बहादुर बस्नेतले मन्तव्य राख्दै एकताबद्ध र मजबुत पार्टी निर्माणमा जोड दिएका थिए ।