Butwal Today

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ जेष्ठ २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले शनिबारदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हालयथावत रहेको छ।