ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

चालकलाई नियमित प्रशिक्षणले घट्दै छ दुर्घटना

दुर्घटनाबाट नेपालमा वर्षेनी २८ सयजनाको मृत्यु, १२ हजार ५०० घाइते,
१८ जेष्ठ २०८१, शुक्रबार
१८ जेष्ठ २०८१, शुक्रबार

बुटवल,१८ जेठ ।  नेपालमा सवारी दुर्घटनाबाट वर्षेनी करिब २८ सय जनाको मृत्यु र १२ हजार ५०० जना घाइते हुने गरेको पछिल्लो सरकारी तथ्यांक छ ।

विश्वमा दैनिक ३ हजार बढीले सवारी दुर्घटनाबाट ज्यान गुमाउँछन् भने वार्षिक २ करोड बढी घाइते हुने गरेको तथ्यांक छ ।

यसरी ठूलो जनधनको क्षति हुने दुर्घटनाका विभिन्न कारण मध्ये चालकको लापरवाही र हेलचेक्राई प्रमुख हुने गर्छ ।

यही तथ्यलाई मनन् गरी दुर्घटना न्युनिकरण र चालकको व्यवहार परिवर्तन गरी यात्रुमैत्री र जिम्मेवार नागरिक बनाउने उद्देश्यले पश्चिम नेपाल बस व्यवसायी प्रालिले बस चालकहरुलाई निरन्तर प्रशिक्षण दिइरहेको छ ।

२०६६ सालदेखि शुरु गरेको दुर्घटना न्युनिकरण प्रशिक्षण पछिल्ला वर्षहरुमा थप प्रभावकारी हुन गई दुर्घटना समेत घटेको प्रालिका सञ्चालक सदस्य एवं आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समितिका संयोजक नारायणप्रसाद घिमिरेल बताए ।

प्रालिमा आवद्ध बसका चालक, सहचालकहरुलाई पालैपालो ट्राफिक प्रहरी र यातायात क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिने गरेको घिमिरेले बताए ।
‘दुर्घटना हुनमा गाडीको यान्त्रिक कमजोरी, सडकको अवस्था, वातावरणीय (प्रतिकूल मौसम ) , सडक प्रयोगकर्ता पनि कारण हुन् तर मुख्य कारण चालककै हुने विश्वव्यापी अध्ययनले पुष्टी गरेको तथ्य हो, त्यसैले हामीले चालकलाई ट्राफिक नियमका ज्ञान सहित जिम्मेवार, अनुशासित बनाउन प्रशिक्षणलाई नियमित गरेका छौं’–संयोजक घिमिरेले भने–‘हालसम्म करिब ८ हजार जनालाई प्रशिक्षण दिएका छौं, अहिलेसम्मको प्रशिक्षणले १५ प्रतिशत दुर्घटना कम भएको पाएका छौं, प्रशिक्षणलाई निरन्तरता दिई भविष्यमा चालकबाट हुन सक्ने दुर्घटनालाई धेरै हदसम्म घटाउने हाम्रो लक्ष्य छ ।’

प्रशिक्षण लिएका चालकले व्यवहारमा लागु गरेका छन् कि छैनन् भन्ने बुझन् प्रालिले छड्के चेकजांच गर्ने गरेको र लागु नगरेका, दुर्घटना गराएका चालकलाई निश्चित समयसम्म गाडी चलाउन रोक लगाउनेसम्मका कारवाही गर्ने गरिएको तथा दुर्घटना नगराउने चालकलाई नगद सहित सम्मान र पुरस्कार दिने गरिएको संयोजक घिमिरेले बताए ।

संयोजक घिमिरेले चालक सहचालकले यात्रुहरुसंग मिठो बोलीवचन गर्नुपर्ने, लामो दुरीमा राजमार्गका होटलमा खाना खांदा दुई तीन वटा होटल भएको ठाउंमा मात्र बस रोकेर यात्रुहरु संगै बसेर खाना खाने एक्लै भित्र छुट्टै खाना नखाने बानी गरेमा चालकप्रति नागरिकको सम्मान बढ्ने बताए ।

चालकहरुलाई अब डिजिटल परिचयपत्रत्र दिइने र अनिवार्य घांटीमा भिरेर गाडी चलाउने नियम बनाइएको घिमिरेले बताए । यसले चालकलाई अनुशासित र जिम्मेवार बनाउने उनको भनाई छ ।

चालकलाई प्रशिक्षण दिने गरेकी ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डेले दुर्घटनाका ५ कारणमध्ये चालक तथा सहचालकले तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन, ट्राफिक नियम उल्लंघन, मोबाइलको प्रयोग, गलत दिशाबाट ओभरटेक गर्ने जस्ता कारणले दुर्घटना हुने गरेको बताउँछिन् ।

‘चालकको ध्यान गाडी र सडकमा मात्र हुनुपर्छ,तिब्र गतिमा चलाउँदा दुर्घटना र क्षति बढी हुने सम्भावना हुन्छ त्यसैले यस्ता प्रशिक्षणले चालकलाई जिम्मेवार र जवाफदेही बनाउंछ’–पाण्डेले भनिन्–‘पश्चिम नेपालले अभियानका रुपमा जारी राखेको चालक प्रशिक्षणलाई अन्य बस समितिहरुले पनि अनुशरण गर्ने हो भने दुर्घटनाको दर घट्छ ।’

अखिल नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष होम बहादुर पाण्डेले प्रशिक्षण अभियानले यातायात मजदुरहरुलाई अनुशासित र जिम्मेवार बनाउने बताए ।

दुर्घटना न्यूनीकरण समितिका सहसंयोजक एबं प्रा लिका सञ्चालक नारायणप्रसाद भण्डारीले हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयां कार्यसमितिले चालक प्रशिक्षण अभियानलाई उच्च प्राथमिकता दिएर हरेक महिना सञ्चालन गर्ने गरेको बताए । उनले दुर्घटना भइहालेर चालकको ज्यान गएको खण्डमा परिवारलाई राहत होस् भनेर सहकारी मार्फत १५ लाख रुपैयां मृत्यु वीमा भुक्तानी गर्ने व्यवसथा गरिएको बताए । यो व्यवस्थाले चालक सहचालकहरु सहकारीमा आवद्ध भई वचत गर्ने क्रम पनि बढेको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?