© २०२३
बुटवल, १८ जेठ । जुनियर यु– १५ राष्ट्रिय बुद्धि चाल प्रतियोगिता २०८१ रुपन्देही जिल्ला छनौट सम्पन्न भएको छ । रुपन्देही बुद्धिचाल संघको आयोजनामा बुटवलमा भएको प्रतियोगितामा टप १० मध्येबाट छात्रछात्रा २/ २ जना छनौट भएका छन ।
छात्रतर्फ दिप बोर्डिङ स्कुलका टोपराज अधिकारी ४.५ अंक ल्याएर प्रोगेसिभका आधारमा प्रथम तथा समान अंकसहित शान्ति नमुना माबिका शुसान्त अर्याल उपविजेता बने । छात्रातर्फ काशी नोबेल एकेडेमीकी बिना चौरसिया विजेता र गार्गी एकेडेमीकी सिसम राना उपविजेता बन्दै छनौट भएका छन । प्रतियोगिताका विजेता र उपविजेता खेलाडीहरुलाई कप, प्रमाणपत्र वितरण गरिएको छ। पाच राउण्डमा खेल भएको थियो।
विजेताहरु प्रदेश छनौटमा भाग लिन पाउने संघका अध्यक्ष गणेश बहादुर थापाले बताए । रुपन्देही जिल्लाका निजि तथा सामुदायिक विद्यालयका ३९ जना खेलाडीहरु सहभागी रहेका थिए । प्रतियोगिताका संयोजक विजय गुरुङले जेठ २६ गते भित्र प्रदेश छनौट हुने केन्द्रीय परिपत्र रहेको बताए । विजेताले गण्डकी प्रदेशमा राष्ट्रिय प्रतियोगितामा भागलिने छन ।