Butwal Today

सुस्तामा माछा मार्ने क्रममा एक जनाको मृत्यु

१८ जेष्ठ २०८१, शुक्रबार
अ+
अ-

सुनवल, १८ जेठ

नारायणी नदिमा माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका वडा नम्बर ५ स्थीत ठोक्कर नम्बर ३ मा माछा मार्ने क्रममा सुस्ताको सेमरी बस्ने वर्ष ४० का विजय लोनियाको मृत्यु भएको हो । स्थानियले माछा मार्ने क्रममा लोनियाको मृत्यु भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक लोनियाको श्रीमतीको मृत्यु भईसकेको छ भने घरमा बुवा, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिए ।