ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

अब रातीमा लनटेनिस

लन टेनिस भित्रिएको एक दशक समयमा रूपन्देहीमा काठमाडौं र पोखरापछि पूर्वाधार विकासमा अगाडि छ । उमेर समूहमा राष्ट्रिय खेलाडी र राष्ट्रिय प्रतियोगिता गर्न सकिने गरि पूर्वाधार थप गर्दै अहिले ४ वटा सुविधासम्पन्न कोर्ट र बत्तीसमेत जडान गरिएको छ ।
१८ जेष्ठ २०८१, शुक्रबार
१८ जेष्ठ २०८१, शुक्रबार

बुटवल, १८ जेठ । देविनगरका निश्चल ज्ञवाली न्यु होराईजन बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययन गर्छन । आफनो अध्ययनको समय ब्यवस्थापन गर्दै उनी बेलुका टेनिस खेल्न देविनगर कोर्टमा पुग्छन । बिहान सबेरै उठेर गृहकार्य गर्ने, विद्यालय जाने ब्यस्त दैनिकी रहेको उनी खेलकुदमा जोड दिन्छन । लन टेनिसमा दख्खल भएका उनी अहिले साझको बेला अभ्यास खेल खेल्छन ।

काठमाडौंमा सम्पन्न एशियन टेनिस प्रतियोगितामा यु—१२ उमेर समुहमा सहभागी भएका उनि बंगलादेश, पाकिस्तान र भुटानका खेलाडीसंग खेलको अनुभव बटुलेका छन । यता उमेर समूहकै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव लिएका सेहनाज हुसैन पनि दैनिक टेनिस अभ्यास गर्छन । लन टेनिस खेल्न समय अभाव भएको बेला अहिले भने रात्रीकालिन खेल खेल्न सकिने गरि पूर्वाधार विकास हँुदा खेलाडीहरू खुशी छन । उनी कक्षा ८ मा अध्ययन गर्छन ।

कक्षा १ मा अध्ययन गर्ने पारी बुटवलका ७ वर्षीय अनमोल श्रेष्ठ पनि आमासँगै मैदान आउँछन । कोर्टमा ¥याकेट बोकेर उनी दैनिक खेल खेल्छन । आफ्नो गृहकार्य सकेर समय ब्यवस्थापन गर्दै उनी खेललाई निरन्तरता दिएका छन । यसमा परिवारको साथ रहेको छ ।
नेपाल सरकारको संघीय बजेटमा अहिले देविनगर टेनिस कोर्टको स्तरोन्नती भएको छ । राष्ट्रिय खेलकुद परिषदबाट १० लाख रूपैयाँ सहयोग र खेलाडीहरूबाट २ लाख जुटाएर बत्ति जडान गरिएको लन टेनिस खेलमैदान मर्मत तथा स्तरोन्नती निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

‘६ वटा पोलमा ४०० वाटका १२ वटा बत्ति जडान गरिएको छ ।’—उनले भने । योसँगै रातिको समयमा पनि खेलाडीहरू मजाले खेल खेल्न मिल्ने वातावरण तयार भएको उनले बताए । खेलाडीहरूको आकर्षण र मागलाई मध्येनजर गरि देविनगर लनटेनिस कोर्टलाई रात्रीकालिन खेल्न मिल्ने गरि बत्ती जडान गरिएको उनी बताउँछन । शुरुवातमा दुई वटा कोर्ट रहेको देविनगरमा अहिले हाल सुविधासम्पन्न २ वटा राष्ट्रियस्तर र २ वटा अभ्यास कोर्ट छ । जहा बिहान र साझ दैनिक खेल खेलिँदै आएको छ ।

पूर्वाधार थप भएसँगै प्रतियोगिता आयोजनामा समेत मद्दत मिल्ने प्रदेश लनटेनिस संघका अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले बताए । आगामी दिनमा यसलाई थप २ वटा कोर्ट निर्माण गरि ६ वटा बनाउन सके अन्तर्राष्ट्रिय प्रतियोगिता समेत गराउन सकिने सम्भावना रहेको उनि बताउँछन ।
योसंगै बत्ती पनि १२०० वाट थप गरे अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्न सकिने उनको तर्क छ । दुई वटा अभ्यास कोर्ट खेलाडीहरू र स्थानीय चन्दादाताको सहयोगमा निर्माण भएको हो । यसैगरि नेपाल सरकारको ८० लाख रूपैया सहयोगमा ४ वर्षअघि अत्याधुनिक कोर्ट निर्माण भएको हो । यसैगरि बुटवल उपमहानगरपालिकाबाट गतवर्ष मर्मतका लागि ६ लाख रूपैयाँ प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?