ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

युनियनको एक पक्षले पत्रकार महासंघमा लगाएको ताला अर्को पक्षले तोड्यो

१७ जेष्ठ २०८१, बिहीबार
१७ जेष्ठ २०८१, बिहीबार

बुटवल, १७ जेठ ।

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखामा प्रेस युनियनको एक पक्षले लगाएको ताला अर्को पक्षले आज तोडेको छ । महासंघले संञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियान अन्र्तगत सदस्यको अन्तिम नामावली प्रति आपत्ति जनाउदै यसअघि युनियनका अध्यक्ष उमेश विक नेतृत्वको एक पक्षले महासंघमा तालाबन्दी गरेको थियो । तर आज फेरि उपाध्यक्ष सन्जिव कोईराला सहितको टोलीले ताला तोडेको छ । वार्ता र संवादबाट समस्याको समाधान खोज्नुको साटो महासंघमा तालाबन्दी गर्नु उचित नभएको भन्दै ताला तोडेर महासंघको कार्यालय संञ्चालनमा ल्याएको उपाध्यक्ष कोईराला सहित सचिव अनिल यादव र कोषाध्यक्ष श्याम बुचाँ मगरद्धारा हस्ताक्षरीत विज्ञप्तीमा जनाईएको छ ।

सदस्यता शुद्धिकरणका विषयमा अन्तिम नामावली आधिकारिक रुपमा प्रकाशन नहुदै महासंघमा आई तालाबन्दी गर्नु उपयुक्त कदम नभएको र युनियनको केन्द्रिय नेतृत्वले समेत कुनै पनि आन्दोलनका कार्यक्रम घोषणा नगरेको अवस्थामा तालाबन्दी गर्नु गलत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धिकरण अभियान अन्र्तगत अहिले देशभरबाट प्राप्त नामावलीलाई अन्तिम रुप दिने काम भईरहेको छ । महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले केन्द्रबाट आफुहरुलाई आधिकारीक रुपमा कुनै पनि जानकारी प्राप्त नभएको भन्दै महासंघको चुनाव निजिकिदै जादा विवाद बढाउने कुरा उपयुक्त नहुने बताए । प्रेस युनियनका अध्यक्ष विकले भने महासंघमा सदस्यता सिफारिसमै चलखेल गरिएको भन्दै महासंघले टुङग्याएको अन्तिम नामावली मान्य नहुने बताए । महासंघले देशैभर संस्थामा गैरपत्रकार हावि भएको भन्दै सदस्यता शुद्धिकरणको अभियान चलाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?