© २०२३
बुटवल, १६ जेठ । रुपन्देहीमा जारी जिल्ला लिग २०७९/०८० मा फर्साटिकर एफसीले स्पष्ट जित निकाल्दै ३ अंक जोडेको छ । मंगलबार भएको खेलमा फर्साटिकरले डिएमसी तुल्सीपुरलाई ३—१ गोलले पराजित गरेको हो । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा मंगलबार बिहान भएको खेलमा फर्साटिकरको जितमा मनिष थापा, अवतार थापा र जनमले गोल गरे । डिएमसीका हरि प्रसाद कुमालले सान्त्वना गोल गरे ।
यसैगरि सौभाग्य युवा क्लबले हिमाल युथ क्लबलाई २—० गोलले पराजित गर्दै ३ अंक जोडेको छ । खेलको १४ औ मिनटमा सौभाग्यका आकाश थापाले गोल गर्दै खेलमा अग्रता लियो । खेलको ३७ औ मिनेटमा सन्तोष थापा थप अर्को गोल गरेर अग्रतालाई दोब्बर पारे । एकतर्फी हाबि रहेको खेलको ४२ औ मिनेटमा ह्याड बलका कारण सौभाग्यका रोशन गुरुङले रेड कार्ड पाउदै मैदान छोडे । १० खेलाडीमा सिमित रहेको सौभाग्य अन्तिमसम्म खेल आफनो कब्जामा राख्न सफल भयो । खेलमा युगल थापा मगर म्यान अफ दि म्याचबाट पुरस्कृत भए ।
यसैगरि मंगलबार साझ भएको खेलमा गोर्खा ब्यायजले बुटवल युनाईटेड एफसीलाई ३—१ गोलले पराजित गरेको छ । प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजार, तृतिय ३० हजार र २० हजार रुपैया पुरस्कार राशिबाट पुरस्कृत गरिने संघका महासचिव हिमाल गौचनले बताए । १९ दिनसम्म चल्ने प्रतियोगितामा साढे ८ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।