© २०२३
बुटवल,१६ जेठ । मणिमुकुन्द कलेज बुटवलले एसईई दिएर बसेका विद्यार्थीहरुका लागि बौद्धिक क्षमता प्रतियोगिता (अब्जेक्टिभ एप्टिट्युड कम्पिटिसन ) सम्पन्न गरेको छ । टेस्टमा विद्यार्थीहरुले विज्ञान, गणित र अंग्रेजी विषयसंग सम्बन्धित प्रश्नहरुको लिखित उत्तर दिएका थिए ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका करिब ६ सय जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथमलाई ६ हजार,दोस्रोलाई ४ हजार,तेस्रोलाई २ हजार तथा १० जनालाई प्रोत्साहन स्वरुप एक हजारका दरले पुरस्कार प्रदान गरिएको प्राचार्य टुकबहादुर क्षेत्रीले बताए ।
यसैगरी प्रतियोगितामा भाग लिएका सबै विद्यार्थीलाई कलेजमा कक्षा ११मा भर्ना हुंदा विशेष छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ ।
यो प्रतियोगिताले वौद्धिक क्षमता प्रष्फुटन गराउन सहयोग गर्ने कलेजले जनाएको छ । उक्त कार्यक्रममा कलेजका प्राचार्य क्षेत्री, उपप्राचार्य दिवाकर खनालद्वारा प्रथम (निश्चल जि.सि.), द्वितीय (विपिन भट्टराई) र तृतीय (श्रीदिमा पन्त) लाई नगद पुरस्कार प्रदान गरियो । उक्त कम्पिटिसनको सञ्चालन बीबीएस संयोजक दिनेश पाण्डे र विज्ञान संयोजक लक्ष्मण गैरेले गरेका कलेजका व्इवस्थापन संकाय संयोजक पशुपति चौधरीले जानकारी दिए । मणिमुकुन्द कलेजका विद्यार्थीहरुले स्थापनाकालदेखि नै एमबीबीएस, इन्जिनियरिङ लगायत विषयमा पूर्ण छात्रवृत्तिमा सबैभन्दा धेरै नाम निकाल्न सफल भएकाले विद्यार्थी र अभिभावकको रोजाई बनेको कलेजका सञ्चालक सदस्य उमापति न्यौपानेले बताए ।