© २०२३
बुटवल, १५ जेठ । रुपन्देहीमा जारी जिल्ला लिग २०७९/०८० मा सुनौलो संगम युुथ क्लब र सिम्रिक युवा क्लबले बराबरी खेल्दै अंक बाडेको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा मंगलबार भएको विहानी खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेको हो ।
यसैगरि सोमबार भएको खेलमा लिस्नु युवा क्लब र सौभाग्य युवा क्लब पनि २२ गोलको बराबरी खेल्दै अंक बाडेका छन । सौभाग्यका आकास थापाले खेलको १० औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए तर यो गोल धेरै बेर टिक्न सकेन । लिस्नुका गणेश प्रसाद पासीले खेलको १८ औ मिनेटमा बराबरी गोल गरे । फेरी खेलको ३२ औ मिनेटमा सौभाग्यका टेक बहादुर गुरुङले अर्को गोल गर्दै खेलमा पुनः अग्रता लिन सफल भए । लिस्नुका गणेश प्रसाद पासीले खेलको २७ औ मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफमा कुनै गोल हुन सकेन ।
प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजार, तृतिय ३० हजार र २० हजार रुपैया पुरस्कार राशिबाट पुरस्कृत गरिने संघका महासचिव हिमाल गौचनले बताए । १९ दिनसम्म चल्ने प्रतियोगितामा साढे ८ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।