ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

लुम्बिनीमा ३४ अर्बको बजेट तयारी

आन्तरिक स्रोत नभएको र संघबाट आउने अनुदान समेत घटेर आउने संकेत देखिएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याउन लागेको जनाएको छ ।
१५ जेष्ठ २०८१, मंगलवार
१५ जेष्ठ २०८१, मंगलवार

लमही, १५ जेठ । लुम्बिनी प्रदेश सरकार यतिबेला बजेट तथा नीति कार्यक्रमको तयारीमा जुटेको छ । यस बर्ष आफ्नो आन्तरिक स्रोत नभएको र संघबाट आउने अनुदान समेत घटेर आउने सकेत देखिएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याउन लागेको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यका अनुसार आर्थिक बर्ष २०८१÷०८२ का लागि ३४ अर्बको हाराहारीमा बजेट आउने छ । सोही योजना अनुसार लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार आगामी बर्ष २०८१÷०८२ को बजेट तथा तर्जुमा सम्बन्धी लमहीमा प्रदेशसभा सदस्यहरू बीच बृहत अन्तक्र्रिया गरेको छ । बजेट तथा नीति कार्यक्रमका लागि राय सुझाव पेस गर्दै आफूहरूको भूमिका के भन्ने प्रश्न गरेका छन । उनीहरूले खल्ती, चोर बाटोबाट आएका योजना कार्यान्वयन नगरी सांसदहरूको स्थाइत्व र अपनत्व हुने गरि भूमिका बढाउने गरि योजना ल्याउन अर्थ मन्त्रीलाई आग्रह गरे । चोरी बाट आएका योजनाले प्राथमिकता पाउँदा आफूहरू भूमिकाबिहीन बनेको संघीयता प्रती प्रश्न उठेको बताउँदै संघीयताको मर्म अनुसार प्रदेशको औचित्य प्रष्ट हुने, प्रदेशलाई बलियो बनाउने गरि बजेट ल्याउन आग्रह गरेका छन् ।

उनीहरूले प्रदेशलाई समृद्ध प्रदेश आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य बमोजिम पूर्वाधार भन्दा उत्पादनमुखी केन्द्रित बजेट ल्याउन आग्रह गरे । साथै उनले झ्यालबाट तथा आयातित योजना भन्दा प्रदेश सभा सदस्यहरूको भूमिका बढाउने गरि सांसदलाई बजेट ल्याउन दिइ, मन्त्रीहरू ससम्मान बस्न आग्रह गरे । सांसदहरूले आफ्ना सुझावलाई गम्भीरता पूर्वक लिन आग्रह गरे । प्रदेश सभासदले योजना छनौट गर्दा वडा अध्यक्षको अनुमति लिनुपर्ने ऐनमा त्रुटि भएको बताए । उनीहरूले बिगतका बर्षहरूमा मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो सत्तालाई दुरूपयोग गरि आफ्नो निर्वाचन क्षेत्रमा बजेट फिजाउने अन्य सभासदहरू निरासा बन्ने परिस्थितिको अन्त्य गरि सबैलाई न्याय हुने गरि बजेट ल्याउन सुझाउँदै डल्लो र टुक्रे योजना कार्यन्वयन नगर्न आग्रह गरे ।

साथै गत बर्ष राजस्व अनुमान गलत आंकलन गर्दा राजस्वमा प्रदेश सरकार चुकेकोले यस बर्ष हचुवाकै भरमा अनुमानित राजस्व अपेक्षा नगर्न आग्रह गर्दै हचुवाकै भरमा बजेट नल्याई ८० देखि ८५ प्रतिशत खर्च हुने गरि बजेट ल्याउनुपर्ने धारण राखेका थिए । प्रदेश सरकारका काम काजलाई कर्मचारीहरूले सहज रूपमा ब्यबस्थापन नगर्दा खर्चमा कमजोरी देखिएको गुनासो गरे ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले बजेट निर्माणमा प्रदेश सभासदहरूको भूमि महŒवपूर्ण हुने बताए । उनले बिगतका बर्षहरूमा जस्तै यस बर्ष आयातित योजना बन्द गरि सांसद मार्फत आएका प्राथमिकता आधारमा योजना सम्बोधन हुने बताए । उनले अब बजेट निर्माण गर्दा परम्परागत बिरासत जोगाउने सोंचलाई ब्रेक गरि नीतिसंगत रूपमा आएका योजना कार्यान्वयन हुने बताए । उनले प्रदेश सरकारको लक्ष्य प्राप्तिलाई फेल खाने मुख्य कारण योजना समयमै कार्यान्वयन नहुनु भएको र यसलाई अन्त्य गर्दै माघ महिनामै सम्झौता गरि सक्नुपर्ने परिपाटी बसाल्न जरुरी रहेको बताए । प्रदेशसभा सदस्यहरू आफ्नो निर्वाचन क्षेत्रमा सबैको सामाजिक ब्यक्तित्व बन्न नसक्दा चोरबाटो प्रयोग गरि योजना ल्याउनु बाध्यता भएकोले सबैको कदर गर्न आग्रह गरे । तपाईंहरू आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पालिका, जिल्ला समन्वय समिति मार्फत प्राथमिकता परेका योजना ल्याउनु होस हामी चोर बाटो, झ्यालबाट आउने योजना रोक्नेछौ’’–उनले भने । उनले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिने बताए ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले बजेट किन घट्यो भन्ने प्रदेशसभा सदस्यहरूको जिज्ञासा मेटाउँदै स्वभाबिकै भएको बताए । उनले प्रदेश सँग आन्तरिक स्रोत नभएकोले संघले दिने अनुदान घट्ने बढ्ने कुरालाई अन्यथा नलिन आग्रह गरे । उनले बजेट बनाउँदा सम्बन्धी निर्वाचन सदस्य मार्फत आउँदा राम्रो हुने बताए । आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशको साझा धारण बनाउन सबैलाई एकै थलोमा बोलाएर राय सुझाव लिएको बताए । उनले प्रदेशको समानुपातिक रूपमा बिकास गर्दै मानव सुचांकलाई माथी उठाउन, प्रदेशलाई आत्मनिर्भर बनाउने गरि बजेट आउने बताए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राम बहादुर केसीले आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश सरकारले गरेका कार्यहरुको जानकारी गराउँदै भैतिक तर्फ ४१ प्रतिशात प्रगति भएको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?