© २०२३
बुटवल,१४ जेठ । सर्वोच्च अदालतले गण्डकीको सत्ता उल्टाइदिएको छ । अदालतले मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । अधिकारी एमाले – माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
संविधानविपरीत ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जनालाई बहुमत मानेर सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए । सर्वोच्चको यो फैसलाले वहुमतको आडमा संविधान र कानून मिचेर गरिने फैसला अन्ततः गलत सावित हुन्छन् भन्ने पुष्टी गरिदिएको कांग्रेस नेताहरुले टिप्पणी गरेका छन् ।