© २०२३
काडमाडौं, १४ जेठ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको कार्यादेश टुङ्ग्याउने विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबिच भएको छलफल आज पनि विना निष्कर्ष टुङ्गिएको छ ।
सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटामा बसेको बैठकमा कार्यादेशको विषय नटुङ्गिएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए । साँझसम्म गतिरोध अन्त्य गर्न प्रधानमन्त्री लागिराख्नु भएको छ, बिहानको छलफल सकारात्मक भए पनि सहमति हुन नसकेको उनले भने।
छानबिन समितिको कार्यादेशमा आफूले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको परियारको भनाइ छ । गृहमन्त्री रवि लामिछानेको नाम राखेर जान सकिँदैन भन्ने सत्ता पक्षको बटमलाइन भएको तर आफूहरु नाम राखेर जानुपर्छ भन्ने हाम्रो पनि अडान कायम नै रहेको बताए ।
प्रधानमन्त्रीले आज साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास दिलाएको उनले बताए । योसँगै कांग्रेसले आज दिउँसो १ बजे पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको परियारले बताए ।