© २०२३
काठमाडौं,१३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सहकारी ठगी प्रकरणमा संसदीय छानवीन समिति आवश्यक रहेको
र गृहमन्त्री रवि लामिछानेमाथि पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन् । सहकारी रकम अपचलनमा संलग्न रहेका राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको तर रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमै रहन मिल्छ भनेर उनले प्रश्न गरे ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा शाहीले सहकारी ठगीमा राप्रपा सांसद बस्नेत र उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरक फरक व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका हुन् । ‘यो संसदमा दुईवटा कानुन छ कि एउटा कानुन छ भन्ने प्रश्न गर्दै शाहीले गीता बस्नेत विरुद्ध पक्राउ पुर्जी जारी भए जस्तै गोर्खा मिडियामा पनि सहकारीको करोडौं रकम गएकाले गृहमन्त्रीमाथि छानवीन हुनुपर्ने बताए ।
सहकारीको रकम अपचलनमा राप्रपाकी सांसद बस्नेतलाई कारबाही हुनुपर्ने तर त्यसरी नै रकम अपचलन गर्ने लामिछानेविरुद्ध पनि छानबिन हुनुपर्ने शाहको भनाइ थियो । रवि लामिछानेले प्रतिपक्षमा हुंदा एकथोक र सत्ता पक्षमा हुंदा ठीक उल्टो ब्यवहार देखाएको शाहीको भनाई थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी