© २०२३
काठमाडौं,१३ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट आव २०८१–०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकले बहुमतले आव २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रश्तुत गरेको आव २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।
संसदमा पहिलो पटक प्रमुख प्रतिपक्षीको अवरोधकाबीच नीति कार्यक्रम पारित भएको हो। कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गर्दै संसद अवरोध गर्दै आएको छ।