© २०२३
बुटवल, १३ जेठ । एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले चुमेको छ । योसँगै युनाइटेड युरोपा लिगका लागि छनोट भएको छ । युनाइटेडले एफए कपको उपाधि १३ औँ पटक जितेको छ । आर्सनलले १४ पटक विजेता रहेको छ । गत सिजनको फाइनलमा बेहोरेको हारको बदला लिँदै म्यानचेस्टर युनाइटेडले शनिबार चिरप्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई पराजित गर्दै एफए कपको उपाधि जितेको हो । गत सिजनको फाइनलमा १–२ गोल अन्तरले पराजित भएको युनाइटेड यो सिजनमा २–१ ले स्कोर उल्टाउदै विजयी बनेको हो ।
खेलको ३० औँ मिनेटमा अलेहान्द्रो ग्रानाचोले युनाइटेडलाई अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा कोबी माइनोले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सिटीले सुधारिएको खेल प्रदर्शन गर्दै युनाइटेडमाथि दबाब बढाएको थियो । गोलका लागि थुप्रै प्रयास गरे पनि टोली सफल भने हुन सकेको थिएन । खेलको अन्त्यतिर जेरेमी डोकुले सिटीका लागि एक गोल फर्काए पनि त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो ।