© २०२३
भैरहवा, ११ जेठ ।
नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन गरिएको छ । शुक्रबार भैरहवामा भएको भेलाले बैजनाथ गुप्ता (बी.एन.)को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । भैरहवा निवासी गुप्ता मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत हुन् ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, उपाध्यक्षमा सालिकराम क्षेत्री महासचिवमा राजकुमार गुप्त, सचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा दान बहादुर जि.सी. र सह–कोषाध्यक्षमा दिनेश गुप्ता रहेका छन् ।
त्यस्तै सदस्यहरुमा हरि बहादुर पाण्डे, दिपक पौडेल, प्रविण गैरे, सुमित कौशल, धिरज अग्रहरी, ऋषि न्यौपाने, पुरुषोत्तम खनाल, ईश्वर घिमिरे, सन्तोष श्रेष्ठ र मुक्तिराम न्यौपाने रहेका छन् । त्यस्तै संघको मानार्थ सदस्यमा सन्तोष नाउ रहेका छन् ।
कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराई, लुम्बिनी प्रदेशका उपाध्यक्ष डी.एन. भण्डारी महासंघका महासचिव रमेश घिमिरे, केन्द्रीय सदस्य विष्णु ज्ञवाली महासंघको लुम्बिनी प्रदेश सचिव विकास गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।