© २०२३
काठमाडौं, ११ जेठ । सरकारले पटक पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।
शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।
सरकारले दुई पटकसम्म सम्झौता गरे पनि कार्यान्वनय नभएकोले आफूहरू बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।
विभिन्न सहकारीबाट पीडित बचतकर्ताहरूले सहकारीका अध्यक्ष र सञ्चालकलाई कारबाही गर्नु पर्ने र बचत फिर्ता हुनुपर्ने माग उनीहरूको छ ।
यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचतकर्ताले बताएका छन् । सहकारी पीडितको आन्दोलनमा नेपाली कांग्रेसले पनि ऐक्यवद्धता जनाएको छ । कांग्रेस निकट सहकारी विभागले पनि आन्दोलनको घोषणा गरेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी