© २०२३
काठमाडौं, ११ जेठ । नेपालमा कोरोनाको भेरियन्ट केपी १ र केपी २ पुष्टि भएको छ । काठमाडौंकै केही संक्रमितको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार केपी १ र केपी २ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उनले बताए ।
बुढाथोकीका अनुसार तीन तीन महिनामा कोरोनाको परीक्षण भइरहेको र बिहीबारको रिपोर्टले केपी १ र केपी २ देखाएको हो । तर, यो सामान्य र नफैलिने खालको हो ।