© २०२३
काठमाडौं,९ जेठ । वरिष्ठ पत्रकार एवं कान्तिपुर दैनिकका पूर्व प्रधानसम्पादक सुधीर शर्माले सयौं प्रहरी उपस्थित गराएर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु गृहमन्त्रीको प्रतिशोधको मामिला भएको बताएका छन् । गृहमन्त्रीको बदला लिने र दुःख दिने मनसाय प्रस्ट देखिएको शर्माले बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत गृहमन्त्री संलग्न सहकारी घोटालाका समाचार आइरहँदा आफ्ना कार्यकर्तालाई उजुरी हाल्न लगाएर बिनाछानबिन समात्नु भनेको त्यस्ता समाचार रोक्ने र अरु मिडिया र नागरिकको मुख थुन्ने प्रयास भएको बताएका हुन् ।
मंगलबारको घटनाको जिम्मेवारी गृहमन्त्री रवि लामिछानेले मात्र नभई प्रधानमन्त्री पुष्पकमल दाहालले समेत लिनुपर्ने शर्माको भनाइ छ । उनले लेखेका छन्, ुभाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना नभएका व्यक्तिलाई थुनेर कारबाही गरिरहनु नपर्ने अदालतको पूर्वआदेशविपरीत सञ्चारगृहमा सयौं प्रहरीको घेराबन्दी र हस्तक्षेपसहित गिरफ्तारी गर्नुले बदला लिने र दुःख दिने मनसाय प्रस्ट देखिन्छ । र, यसको जिम्मेवार गृहमन्त्रीमात्र नभई प्रम प्रचण्ड पनि हुन्, जो हाँसीहाँसी, आफूलाई निरीह देखाई देखाई अदृश्य अधिनायकवाद लाद्नेतर्फ उद्यत रहेका शर्माको दावी छ । जो कोहीमाथि पनि राज्यले आवश्यक ठान्दा छानबिन गर्नसक्छ, तर त्यो कसरी र कुन नियतबाट गरिँदैछ भन्ने भन्ने कुरा मुख्य हुने उनले भनेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।