ट्रेंडिंग:

>> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति >> भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड >> मकवानपुरमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालन >> सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ बढ्यो >> भ्रष्टाचारको चक्रब्यूह! >> कपिलवस्तुमा नक्कली सीआईडी बनेर ठगी गर्ने दुईजना पक्राउ >> स्पेनिस ला लिगामा रियल र एटलेटिकोको बराबरी, बार्सिलोनाले घटायो अंक दूरी >> दुर्घटना न्युनिकरणको लागि टिप्पर चालकलाई सचेतना >> ओभरटेक गर्दा मोटरसाइकल छिर्‍यो ट्रकभित्र. एकको मृत्यु

सुरक्षण मुद्रण घोटालामा विकलसहित ४ जना दोषी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना

९ जेष्ठ २०८१, बुधबार
९ जेष्ठ २०८१, बुधबार

काठमाडौँ ।

बहुचर्चित सेक्युरिटी प्रिन्टिङ प्रेसको भ्रष्टाचारमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको छ। २५ करोड जरिवाना र बिगो असुल गर्नुपर्ने ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो।

यस्तै मेकानिकलतर्फका तत्कालीन सीडीई (हाल वन तथा वातावरण मन्त्रालय) नवीनकुमार पोखरेल, इन्जिनियरिङ मार्केटिङ कन्सर्ननामक कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन पनि यस घोटालामा दोषी ठहर भएका छन्। उनीहरूलाई ६ महिनाका दरले कैद सुजाय सुनाइएको छ।

सुरक्षा मुद्रण केन्द्रका निर्देशक पौडेलले पावर सिस्टम खरिद गर्न बोलपत्रमा मिलेमतो, अस्वाभाविक लागत अनुमान सकार, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मरलाई भुक्तानी र औचित्य नै पुष्टि नहुने बल्क फ्युल ट्यांक सिस्टम किनेर भ्रष्टाचार गरेका अख्तियारको दाबी थियो।

यस प्रकरणमा ५ जना अभियुक्तले सफाइ पाएका छन्। सफाइ पाउनेमा शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ छन्।

विकल पौडेलविरुद्ध विदेशको पीआर लिएर नेपालको सार्वजनिक पदमा बसेकोमा अर्को भ्रष्टाचार मुद्दा पनि अख्तियारले अदालतमा दायर गरेको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन नै छ।

यस्तै उनीमाथि अकुत सम्पत्ति मुद्दामा पनि अनुसन्धान पनि जारी छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?