© २०२३
बुटवल, ८ जेठ । सातौ राष्ट्रिय भलिबल दिवस रुपन्देहीमा दिप प्रज्जवलन तथा खेलाडीहरु बिच शुभकामना आदानप्रदान गरि मनाईएको छ । सरकारले राष्ट्रिय खेल घोषणा गरेको भलिबलको खेलाडी उत्पादनमा योगदान दिदै आएको मणिमुकुन्द भलिबल क्लब र एभरेष्ट भलिबल क्लबले मंगलबार दिप प्रज्जवलन गरि शुभकामना कार्यक्रम गरि मनाएको हो ।
तिलोत्तमा नगरस्थित भलिबल कोर्टमा गरिएको कार्यक्रममा मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले घोषणा भएसंगै निरन्तर सात वर्षदेखि दिवसको अवसरमा रचनात्मक कार्यक्रम गरि मनाउदै आएको बताए । बिस २०७४ साल जेठ ८ गते राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्दै उनले भलिबल खेललाई ब्यवसायिक बनाउने गरि सरकारबाट नितिगत रुपमा योजनाहरु ल्याउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा जिल्ला भलिबल संघका सदस्य लाल प्रसाद थापा, क्लबका संस्थापक सचिव नबिन क्षेत्री, प्रेस सल्लाहकार विश्वास ढकाल, राष्ट्रिय खेलाडी प्रताप खवास, क्लबका सल्लाहकार सन्तोष कुवरले शुभकामना दिए । क्लबमा हाल यु–१६ देखि माथि विभिन्न उमेर समुहका ७० जना खेलाडीहरु नियमित प्रशिक्षण लिदै आएको छ ।
यसैबिच
एभरेष्ट भलिबल क्लबका खेलाडी, प्रशिक्षकहरुले विद्यालय परिसरमा रहेको खेलमैदानमा दिप प्रज्ववलन गरि दिवस मनाएको छ । एभरेष्ट भलिबल क्लब महिला भलिबल उत्पादनमा अग्रसर रहेको बताए ।