Butwal Today

राजपुर–५ का वडा अध्यक्ष विष्टमाथि साधुद्वारा त्रिशुल प्रहार

८ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

लमही, ८ जेठ ।

देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टमाथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् ।

राजपुर–६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केहि महिना यता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्ट माथि त्रिशुल प्रहार गरेको बुझिएको छ ।

त्यस्तै वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र अहिले उपचारका लागि लमही अस्पतालमा भर्ना गरी उपचार भैरहेको छ । यस्तै त्रिशुल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय लमही प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।