© २०२३
काठमाडौं,८ जेठ । वरिष्ठ पत्रकार युवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गरेका छन् । उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नियोजित रुपमा पक्राउ गरिएको भन्दै रवि लामिछाने र सरकारका तर्फबाट नियोजित तरिकाले निसाना साँधिएको बताए । जुन व्यक्तिको मातहतमा गृह प्रशासन छ, उसकै नागरिकता र पासपोर्ट विवादास्पद छ भन्दै उनले गृहमन्त्रीसँग पक्राउ गर्ने नैतिक बल पनि नभएको बताए ।
बदलाको भावनामा सरकार चल्छ भन्ने सरकारको पतन निश्चित रहेको उनले बताए ।
‘गृहमन्त्रीले आफूलाई बचाउन महान्यायाधीवक्ताको कार्यालय मिसयुज गरिररहेका छन् भन्दै घिमिरेले प्रचण्ड सरकारसँग प्रजातान्त्रिक चरित्र छ भने गृहमन्त्रीलाई पदबाट मुक्त गर्नुपर्ने माग गरे । लामिछाने गृहमन्त्री हुँदा सत्ताको दुरुपयोग गर्ने खतरा बढ्दो क्रममा रहेको वरिष्ठ पत्रकार घिमिरेको भनाई छ ।