Butwal Today

पक्राउ पुर्जिविरुद्ध सिरोहिया सर्वोच्चमा,प्रहरी टोली कान्तिपुरको अफिसमा

८ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं,८ जेठ ।   जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।

उनले आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै रिट दिएका हुन्। पक्राउ पुर्जी खारेज गर्न माग गर्दै उनले दर्ता गर्न खोजेको रिट अध्ययनकै क्रममा रहेको र यो खबर तयार गर्दासम्म दर्ता नभएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।
पक्राउ पुर्जी जारीपछि कान्तिपुरको थापाथलीस्थित कार्यालयमा प्रहरी टोली पुगिसकेको छ। मंगलबार बिहान मात्र सिरोहियाविरूद्ध धनुषा जिल्ला अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको थियो। धनुषा प्रहरीले उनको नागरिकतासम्बन्धी विवादमा अनुसन्धान गरिरहेको छ।