ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

काँग्रेस क्षेत्र नम्वर ३ रुपन्देहीको बैठक सिरुवारी सामुदायिक होमस्टेमा

७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

भैरहवा, ७ जेठ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको नियमित बैठक तथा अवलोकन भ्रमण कार्यक्रम स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित नेपालको पहिलो होमस्टे ‘सिरुबारी सामुदायिक होमस्टे’ मा सम्पन्न भएको छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन तथा गुरुङ्ग संस्कृतिको अध्ययन, अवलोकन गर्नुका साथै नयाँ ठाउँ र परिवेशमा पार्टीलाई र संगठन सुदृढीकरण गर्ने उद्देश्यले बैठक तथा भ्रमण कार्यक्रम गरिएको कांग्रेस क्षेत्रीय सभापति सुशील गुरुङ्गले बताए । उनले भने, ‘संगठन निर्माण तथा पार्टीमा आम कार्यकर्ताको मनोबल र आत्मविश्वासको अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौं ।’

क्षेत्रीय सभापति सुशील गुरुङ्गका अनुसार बैठकमा पदाधिकारी तथा सदस्यहरु गरी २१ जनाको सहभागिता रहेको थियो ।

सिरुबारी सामुदायिक होमस्टेको विकास, विस्तार तथा निरन्तरताका लागि क्षेत्रीय समिति परिवारका तर्फबाट नगद ५ हजार १ सय ५ रुपैयाँ सहयोगस्वरुप होमस्टे व्यवस्थापन समितिका सचिव सुनिता गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै बैठकले २०७४ सालमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार ओम कुमार श्रेष्ठ, उनका प्रस्तावक नारायण बहादुर कार्की र समर्थक रहेका राजेश जि.सी.लाई अनुशासनको कारवाही फुकुवा र क्रियाशील सदस्यता नविकरण गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले जनाएको छ ।

२०७९ मा सम्पन्न स्थानीय तह, प्रतिनिधि सभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरुलाई विजय बनाउन गरेको साथ–सहयोगको मूल्यांकन गर्दै तीनैजनालाई अनुशासनको कारवाही फुकुवा र क्रियाशील सदस्यता नविकरण गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय समेत गरिएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?