ट्रेंडिंग:

>> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो

ग्रीलजन्य फलामको अस्वभाविक मुल्यबृद्धि नियन्त्रण गर्न व्यवसायीको माग

७ जेष्ठ २०८१, सोमबार
७ जेष्ठ २०८१, सोमबार

बुटवल, ७ जेठ । व्यवसायीहरूले ग्रीलजन्य फलामको मूल्यवृद्धि घटाउन माग गरेका छन् ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै एक महिनाको अवधिमा प्रतिकिलोग्राम १५ रुपैयाँसम्म मूल्यवृद्धि हुँदा व्यवसायी मारमा परेको उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थको मूल्यवृद्धि नभएको अवस्थामा केही सीमित उद्योगीको स्वार्थमा नेपालमा मात्र अस्वभाविक मूल्यवृद्धि हुँदा सरकार र सम्बन्धित निकाय मुकदर्शक बनेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

महासंघका प्रदेश सचिव रामप्रसाद पाण्डेले निकालेको विज्ञप्तिमा अस्वभाविक मूल्यवृद्धि नियन्त्रण नगरे उद्योगीले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग(व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको उल्लेख छ ।

‘कोभिड(१९ को महामारी तथा आर्थिक मन्दिको प्रभावको कारण मारमा परेका उद्योगहरू विस्तारै लयमा आउन नपाउँदै पटकपटक ग्रीलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित उच्च मूल्यवृद्धिले ग्रील उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘फलामको मूल्य अस्वभाविक रुपमा बढ्दा आम उपभोक्ता समेत मारमा परेका छन् ।’

अस्वभाविक मूल्यवृद्धिको सरकारी निकायबाट अनुगमन र छानबिन गरी कालोबजारी गरेको पाइए कारवाहीको दायरामा ल्याउनुपर्ने महासंघका केन्द्रीय उपाध्यक्ष अशोक बर्माले बताए ।

राजनीतिक अस्थिरताको फाइदा उठाउँदै ठुला उद्योगले गरेको मनोमानी नरोकिए महासंघ कठोर भएर आन्दोलनमा उत्रने केन्द्रीय उपाध्यक्ष वर्माले बताए ।

वर्माका अनुसार देशभर ११ हजारभन्दा बढी ग्रील उद्योग रहेका छन् । ग्रील उद्योगमा करिब एक लाख ६० हजार श्रमिकले रोजगारी पाएका छन् ।

नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्बभन्दा बढीको ग्रीलजन्य सामग्रीहरुको उत्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?