© २०२३
काठमाडौं, ७ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच वटा विपक्षी दलले आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा भएको नाराबाजीका बिच सभामुखले नियमावलीको धज्जी उडाउने गरी बैठक सञ्चालन गरेको विपक्षी दलको ठहर गरेको हो । सभामुखको यस्तो कार्य एमालेको कार्यकर्ताको जस्तो देखिएको संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि सम्पन्न बैठकपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
बैठकले सहकारी ठगीको बारेमा छानबिन समिति नबनेसम्म संसदभित्रको लडाइ जारी राख्ने निर्णय गरेको छ। यस्तै सरकारले संसद् बन्द गरे विपक्षी दल सडकमा पनि मिलेर जानेबारेमा आवश्यक निर्णय भएको शाहीले जानकारी दिए ।
प्रतिपक्षी दलको अवरोधका बिच प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी