© २०२३
सुनवल, ६ जेठ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ का वास्तविक चौधरी अहिले जिवन मरणको दोसाँधमा अस्पतालको बेडमा समय काटिरहेका छन् । यस्तो अवस्थामा उनी होस्मा छैनन् तर उनको परिवार छट्पटाहटमा छ । चौधरीका बुवा आमा छोराको होस् खुल्ने आशामा चितवन मेडिकल कलेजमा कुर्न थालेको एक हप्ता भयो तर छोराको होस् खुलेको छैन । पटक पटकको शल्यक्रिया गर्नुपरेका कारण आर्थिक भार भने बढेको छ । समान्य खेति किसानी गरेर खाने परिवार अहिले बिलखबन्दमा परेको छ । छोरोको उपचारमा पाँच लाख बढी खर्च भईसकेको छ तर त्यो खर्च कहाँ बाट जोहो गर्ने हो थाहा छैन ।
गत आइतबार वास्तविक चौधरीलाई उच्च रक्तचापका कारण मस्तिष्कमा समस्या देखियो । तत्कालै बुटवलको अस्पतालमा पुर्याए पनि चिकित्सकले अवस्था गम्भीर भन्दै काठमाडांै वा चितवन लान सल्लाह दिए । सोही अनुरुप चौधरी परिवार चितवन मेडिकल कलेज भरतपुर पुग्यो । आइतबार उनको शल्यक्रिया समेत भयो तर अवस्था सुधारउन्मुख देखिएन । हाल सम्म दुई पटक शल्यक्रिया भईसकेको छ तर अवस्था जस्ताको तस्तै । उपचारमा ५ लाख बढी खर्च भईसकेको छ । परिवारले सहयोगका लागि अपिल गरेका छन् ।
अहिले चौधरीकी बहिनी सुस्मा गाँउका आफन्त र साथिभाई बोकेर दाईको उपचारमा खर्च जुटाउन भौतारिदै छन् । सुनवलमा रहेको देवकोटा नमुना माविमा अध्ययन गर्दै गरेका चौधरीलाई बचाउन उनको परिवार आर्थिक सहायताको लागी हारगुहार गरिरहेको छ । बल्ल बल्ल बिहान साझको गुजारा गर्दे आएका बाबु आमा अहिले छोरालाई परेको स्वास्थ्य समस्याको समाधानमा आर्थिक अभावका कारण पिडामा छन् ।
सरावल गाउँपालिकाले उक्त परिवारलाई सहयोग स्वरुप दश हजार रुपैयाँ उपलब्ध गराएको छ । सहयोग रकमका लागि भौतारिरहेकी बहिनी सुस्मा गम्भीर स्वास्थ्य समस्याको “उपचारमा सरकार जिम्मेवार बन्नुपर्ने बताईन् । आखिर गरिब परिवारमा गम्भिर स्वास्थ्य समस्या भएमा उपचार नपाई मर्नुपर्ने अवस्था पनि आउन सक्ने रहेछ”, सुस्माले गुनासो पोखिन् ।
कसैले पनि वास्तविक चौधरीको उपचार खर्चमा सहयोग गर्न चाहेमा बहिनी सुस्मालाई ९८१२९५१४८८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । अथवा एनआईसी एशिया बैंकमा सुस्मा चौधरीको नाममा रहेको खाता नम्बर ०९८५७५३०७०७९९००१ मा जम्मा गर्न पनि सकिने छ ।